बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा प्रभातफेरि
काठमाडौं,असार ६ ।बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सबको तथा दशौ अन्तरास्ट्रिय योग दिवसको अवसरमा मनाउन लागिएको ३ दिवसीय कार्यक्रम अन्तर्गत बिहीबारको को कार्यक्रम सम्पन्न भएको छ ।
योग जागरण सम्बन्धी प्रेभातफेरि तारकेश्र्व्रर नगरपालिकामा भएको हो । “बज्रयोगिनी साधाना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सफल पारौं, गरौ योग- रहौ निरोग, घर घरमा योग जन जनमा योग, महिला सशक्तीकरणका लागि योग, सबैका लागि योग सधैका लागि योग, रक्तदान जीवन दान, लेखिएका प्लेकार्ड र योग जागरण सम्बन्धित ब्यानरहरु सहित कार्यक्रम शुरु भएको थियोे ।
प्रभातफेरिको शुभारम्भ तार्केश्वर नगरपालिका पतन्जली योग समितीका अध्यक्ष चन्द्र सापकोटाले गरेका थिए । सात वटा योग साधना केन्द्रहरु – अर्किड, स्वतभैरब, मिलन बस्ती, गुप्तेश्र्वर, गोलढुंगा, सेक्रेड हार्ट र तार्केश्वर नगरपालिका खेलकुद संघबाट साधकको उल्लेखनीय सहभागिताका रहेको थियोे ।
कार्यक्रमको बारेमा बताउदै बज्रयोगिनी साधाना केन्द्रका सचिब राजेन्द्र घिमिरे सागरले बज्रयोगिनी योग साधना समुहको वार्षिकोत्सब असार ७ गते रहेको र साथै जुन २१ अन्तरास्ट्रिय योग दिवस समेत यसै दिन परेकोले कार्यकम भव्यताका साथ मनाउन आग्रह गरे ।
यसै गरि असार ७ गते शुक्रबार बिहान बज्रयोगिनी योग साधना समुहको वार्षिकोत्सव मनाउन स्थानीय बासी, स्थानीय योग साधना केन्द्रका साधक,प्रहरी,सञ्चारकर्मीलाई अनुरोध गरेको छ ।