श्री एयरलाइन्सको परीक्षण उडान सफल
काठमाडौं,असार ६ । श्री एयरलाइन्सले काठमाडौँ–भरतपुर परीक्षण उडान गरेको छ । श्री एयरलाइन्सको ८० सिटे जहाज बिहीबार काठमाडौँबाट भरतपुर विमानस्थलमा सफल अवतरण भएको हो ।
सफल अवतरण पश्चात् सो जहाज पुनः काठमाडौँ फर्केको छ । जहाज परीक्षणको निरीक्षण गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङ भरतपुर गएका थिए । उडान परीक्षणका क्रममा कुनै समस्या नभएको श्री एयरलाइन्सका प्रबन्ध निर्देशक सुधीर मितलले जानकारी दिए ।
८० सिट क्षमता भएको जहाज पहिलो पटक भरतपुर विमान स्थलमा अवतरण गरेको छ । यसअघि ४२ सिट क्षमता भएको जहाज मात्र यहाँ अवतरण हुदैआएको थियोे । नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि मात्र नियमित उडान भर्ने श्री एयरलाइन्सले जानकारी दिएको छ ।