श्री एयरलाइन्सको काठमाडौं-भरतपुर परीक्षण उडान
काठमाडौ,असार ६ । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एयरलाइन्सले चितवको भरतपुर विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ ।
क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ जहाजबाट पहिलो पटक परीक्षण उडान गरिएको प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको हो ।
श्रीको ८० सिट क्षमताको क्यु ४०० नामक जहाजबाट भरतपुर परीक्षण उडान भएसँगै अब यसले नियमित उडान गर्ने भएको छ । श्री एयरलाइन्सले सेवा सुरु गरेपछि यात्रुहरुले सहुलियत भाडादरमा यात्रा गर्न पाउने भएका छन् । परीक्षण उडान पश्चात अब नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाए पश्चात नियमित उडानहरु संचालन हुने श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरले बताए ।
हाल भरतपुरमा बुद्ध एयरको ४७ सिट क्षमताको एटीआर-४२ जहाजले मात्रै उडान गर्दै आएको छ । योसँगै भरतपुर विमानस्थलमा बुद्ध एयरको एकाधिकार तोडिनेछ ।