कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोस्रो चरण हुने



काठमाडौं,असार ५ । कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ । 

देशभरका महिला उद्यमीहरूलाई सशक्तीकरण गर्नका लागि २०७८ फागुन २४ गते सक्षम कार्यक्रम शुरु गरिएको थियो । हालसम्म यो कार्यक्रमबाट हजारभन्दा बढी महिलाले सशक्तीकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् । 

कोका–कोला नेपालका निर्देशक चन्द्रिका कालियाले भने, ‘सक्षममार्फत हामीले नयाँ उद्यमीहरूलाई सहयोग गर्ने मात्र नभई देशको आर्थिक र सामाजिक विकासमा पनि योगदान पु¥याउने लक्ष्य राखेका छौं । सक्षम कार्यक्रममा सहभागी महिलाहरूले उनीहरूको समुदायमा पारेका प्रभाव र उद्योगमा ल्याएको परिवर्तन देख्न पाउँदा हामी निकै उत्साहित छौं ।’

सक्षम कार्यक्रममा विशेषज्ञहरूद्वारा महिला नेतृत्व, कम्पनी वैधता, वित्त पहुँच र सर्कुलर अर्थतन्त्र जस्ता विभिन्न सत्रहरू सञ्चालन गरिएको थियो । दुई–महिने कार्यक्रममा लैङ्गिक अधिकार, नेतृत्व, जलवायु परिवर्तन, कानुनी प्रक्रिया, मार्केटिङ, वित्तलगायत विभिन्न विषयका सत्रहरू समावेश थिए । 

उक्त कार्यक्रममा कृषि, हाइड्रोपोनिक्स, मानसिक स्वास्थ्य, सांस्कृतिक सम्पदा प्रवद्र्घन, प्रविधि र अन्य विषयको प्रतिनिधित्व गर्ने ४० भन्दा बढी महिलाले आवेदन दिएका थिए । 

आवेदक ४० मध्येबाट १० उत्कृष्ट महिलाहरूलाई कार्यक्रममा समावेश गरिएको छ । २०२४ को सक्षम कार्यक्रमका लागि छनोट भएका सहभागीहरूमा अर्चना श्रेष्ठ, ईन्दु श्रेष्ठ, लुभिना शाक्य, प्रतिमा बस्याल, रचना पौडेल, रोजि महर्जन, सविना चौधरी, सुस्मिता पौडेल, श्रेया मल्ल र श्रेया चोच्छे छन् ।

प्रतिक्रिया दिनुहोस्