श्रममन्त्री अर्यालद्वारा १०० दिनको प्रगति विवरण सार्वजनिक



काठमाडौं,असार ५ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आफूले पदबहाली गरेको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै उनले एक घण्टाभित्रै श्रम स्वीकृत दिनेलगायतका महत्त्वपूर्ण कामहरू भएको जानकारी दिए । 

मन्त्री अर्यालले आफू आएपछि श्रम स्वीकृतिका लागि तोकिएको कोटा हटाएर २४ सै घण्टा आवेदन दिन सकिने व्यवस्था मिलाएको, श्रमाधान कल सेन्टर, श्रमाधान अभियानलगायत सञ्चालनमा ल्याइएको बताए । 

उनले श्रमिकका समस्या बुझ्न नियमित रूपमा भर्चुअल बैठक बस्ने तयारी गरिरहेको पनि जानकारी दिए । मन्त्री अर्यालले श्रम क्षेत्रमा नीतिगत तथा कानुनी सुधारमा कामहरू भएको बताउँदै योगदानमा आधारित सामाजिक सुरक्षा, सीप विकास र तालिमलगायतका क्षेत्रमा पनि थप काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्