इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
सुर्खेत,असार ३ । सुर्खेतको वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीय लक्ष्मी प्रसाद कँडेल रहेका छन् ।
सोमबार पिपराका तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसास्सिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।