नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो शुरु



काठमाडौं,असार १ । ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो’ काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारबाट शुरु भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मेला उद्घाटन गरे । कार्यक्रममा मन्त्री तामाङले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तिमा १६ लाख पर्यटक भित्र्याउने बताए । 

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजक समिट इभेन्ट्स एन्ड मार्केट्सले जनाएको छ । मेला दुई दिन चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्