आयुषले पाए बङ्गलादेशमा स्वर्ण



काठमाडौं,जेठ ३१ । नेपालका आयुष ढुङ्गेलले बिहीबार प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा स्वर्णपदक जितेका छन्  ।

टिम व्यवस्थापक प्रदीप थापा मगरका अनुसार बङ्गलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बङ्गलादेशका अल सुवेद राइमलाई पराजित गरे । यसअघि, आयुषले सेमिफाइनलमा यासिनलाई पराजित गरेका थिए ।

पुरुष ५४ केजीमा पनि नेपालका शेख इरफान खरेलले आयोजकका अब्दु जायद खानलाई हराएर स्वर्णपदक हासिल गरे । पुरुष ४५ केजिमा भने नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग हारेपछि रजत पदकमा सीमित बने । नेपाली टिमको प्रशिक्षकमा मोहम्मद उमर खान छन् ।

प्रतिक्रिया दिनुहोस्