आज कति छ सुनचाँदीको मूल्य ?



काठमाडौं,जेठ ३१   । सुनको भाउ स्थिर छ । बिहीबार छापावाला सुनको भाउ १ लाख ४१ हजार ६० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन अर्थात् बुधवार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ पनि १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ ।

साताको पाँचौ कारोबार दिन चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ८१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्