भारतको १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा शुरू हुने



एजेन्सी,जेठ ३१ । नवनिर्वाचित सदस्यहरूको शपथका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि शुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले बताएका छन्  । राज्यसभाको २६४ औँ सत्र पनि जुन २७ देखि शुरु भएर जुलाई–३ मा समापन हुने उनले बताए । 

नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टि, अध्यक्षको निर्वाचन, राष्ट्रपतिको सम्बोधन र त्यसमाथि छलफलका लागि १८औँ लोकसभाको पहिलो सत्र सन् २०२४ जुन २४ देखि जुलाई ३ सम्मका लागि बोलाइएको छ ।

राज्यसभाको २६४औँ सत्र २०२४ जुन २७ मा शुरुभएर जुलाई ३ मा समापन हुने मन्त्री रिजिजुले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छ । राष्ट्रपति द्रौपदी मुर्मूले जुन २७ मा लोकसभा र राज्यसभाको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन ।

प्रतिक्रिया दिनुहोस्