लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दाबी



जेरुसेलम,जेठ ३० । मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि लेबनानबाट उत्तरी इजरायलमा करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ ।

केही समय अघि, लेबनानबाट पार गर्ने लगभग ९० वटा प्रक्षेपण पहिचान गरिएको सेनाले विज्ञप्तिमा जनाएको छ । सेनाका अनुसार धेरैलाई रोकियो तर अन्य केहीले उत्तरी इजरायलमा प्रहार गर्दा केही क्षेत्रमा आगजनी भएको छ ।

लेबनानी लडाकु समूह हेजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासले अक्टोबर–७ मा दक्षिणी इजरायलमा आक्रमण गरी गाजामा युद्ध सुरु गरेपछि इजरायली सेनासँग लगभग दैनिक सीमापार गोलीबारी गरेको छ ।

हालका दिनहरूमा तापक्रमसँगै युद्धको गति बढेको र हवाई आक्रमणको आदानप्रदानले सीमाको दुवै छेउमा धेरै आगजनी र डढेलोका घटनामा वृद्धि भएको छ ।

मङ्गलबार इजरायली आक्रमणमा हेजबुल्लाहका एकजना वरिष्ठ कमाण्डर मारिएपछि लेबनानबाट पछिल्लो आक्रमण आएको हो ।

हेजबुल्लाहले मारिने व्यक्ति अबु तालेब भनिने कमाण्डर तालेब सामी अब्दुल्लाह रहेका र उनको जन्म सन् १९६९ मा भएको बताएको छ ।

लेबनानी सैन्य स्रोतले उक्त कमान्डर युद्ध सुरु भएदेखि अहिलेसम्म मारिएका हेजबुल्लाहमा सबैभन्दा महत्त्वपूर्ण भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्