नुवाकोट शिवपुरीका क्यान्सर पीडित रेशम तामाङको उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल



नुवाकोट,जेठ ३० । क्यान्सर पीडित नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ७ गेरुवागाउँका रेशमबहादुर तामाङको उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिएको छ।

मलाशयको रेक्टल क्यान्सर भएका ३९ वर्षीय तामाङ हाल भारतको बेङ्गलोर स्थित एचसीजी क्यान्सर अस्पतालमा उपचारका क्रममा रहेका छन् ।

क्यान्सर पीडित तामाङले शुरूवात समयमा पायल्समा रगत देखा परेको र उपचारका क्रममा आयुर्वेदिक औसधि सेवन गर्दै आएका थिए । उनले सोही क्रममा सयौं स्वास्थ्य संस्था भौतारिएको र अन्ततः क्यान्सर पुष्टि भएको बताए ।

लामो समय स्वास्थ्य उपचारका क्रममा लाखौं रकम खर्चिएका तामाङले आर्थिक सहयोगका लागि सबै सामु अपिल गरेका छन् । सहयोगका लागि तामाङको नेपाल एसआईबी बैंकको खाता नम्बर २०११५२४१४१०८०९ सञ्चालनमा आएको छ। आर्थिक सहयोग गर्नुहुने महानुभावले तलको क्युआर माध्यम समेत अपनाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्