प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली जाँदै
काठमाडौं,जेठ २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबिच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताएका छन् । ती अधिकारीले भने, “प्रधानमन्त्रीद्वयबिच संक्षिप्त भेटवार्ता हुनेछ ।” प्रधानमन्त्री दाहालका साथ उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुनेछ । उबी यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो ।
प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए । यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख समारोहमा सहभागी भएका थिए । गत बुधबार प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबिच टेलिफोन वार्ता भएको थियो । त्यस अवसरमा उनीहरुबिच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनका साथै भएको थियो ।