मूल सुकेपछि खानेपानीको हाहाकार



जुम्ला,जेठ २६ । जुम्ला गुठीचौर गाउँपालिका घर भएकी एलिसा भण्डारी सदरमुकाममा पढ्नका लागि डेरामा बस्दा धारामा पानी नआउने समस्याले खोलाको पानी बोकेर खान बाध्य भएकी छिन्  । पढाइको झोलासँगै पानीका लागि डेरानजिक पर्ने खोला, मूल धाउनुपर्ने बाध्यता रहेको उनले बताइन् । 

विगत दुई वर्षदेखि अध्ययनका लागि जुम्ला सदरमुकाम बस्दै आएकी सिँजा गाउँपालिका–६ की नमिता रावतको अनुभव पनि उनको जस्तै छ । हरेक दिन चाहिने खानेपानीको जोहो गर्न दैनिक तीन घण्टाको दुरी तय गरी खोलीकोट गाउँ धाउनुपर्ने बाध्यता रहेको उनले बताउइन । 

जुम्लामा खानेपानीका मुहान सुकेर धारामा पानी कम भएपछि सर्वसाधारणलाई हैरान भएको हो । दैनिक जनजीवन नै प्रभावित हुने गरी यहाँ खानेपानीको अभाव भएको छ । चन्दननाथ नगरपालिका भारतीवाडाका व्यवसायी मनीषा बुढाले खानेपानी नहुदा समस्या भइरहेको भन्दै पानी सुकेपछि आफ्नो होटल व्यवसायसमेत बताए ।

जुम्लामा खानेपानीका मुहान सुकेर धारामा पानी कम भएपछि सर्वसाधारणलाई हैरान भएको हो । दैनिक जनजीवन नै प्रभावित हुने गरी यहाँ खानेपानीको अभाव भएको छ । चन्दननाथ नगरपालिका भारतीवाडाका व्यवसायी मनीषा बुढाले खानेपानी नहँुदा समस्या भइरहेको भन्दै पानी सुकेपछि आफ्नो होटल व्यवसायसमेत मारमा परेको जनाए  ।

पछिल्लो १५ दिन खानेपानी नआउँदा अर्काको धारामा तथा मूलमा गएर खानेपानी भर्नुपर्ने बाध्यता रहेको उनले बताए । जुम्ला सदरमुकाम खलङ्गाका लागि खानेपानी उपभोक्ता समितिले लामो समयदेखि जिम्मा लिए पनि पानीको व्यवस्थापन गर्न सकेको छैन । नजिक खानेपानीको मुहान नहुँदा झन्डै १० किलोमिटर टाढाको पातारासी गाउँपालिका–६ र ७ को बडेखोली र रिनी गाउँको छहरेखोला र चन्दननाथ नगरपालिका–६, खालागाड खोलादेखि खानेपानी सदरमुकाम खलङ्गा ल्याइएको छ ।  खडेरीका कारण ती सबै मुहानमा पानी सुकेपछि स्थानीयलाई सास्ती हुन थालेको हो । कुनै बस्तीमा आधा महिनादेखि पानी आएको छैन भने कहीँ हप्ता दिनयता पानीको थोपा धाराबाट झरेको छैन ।  

प्रतिक्रिया दिनुहोस्