यो गठबन्धन आउने निर्वाचनसम्मै जान्छ : अध्यक्ष ओली



नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य राजनीति गर्न बिपक्षी दललालाई अनुरोध गरेका छन् भरतपुर विमानस्थलमा शुक्रबार सन्चारकर्मी सङ्ग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

अनावश्यक रुपमा विवादमा तान्न बिपक्षी दलले प्रयास गरेको भन्दै सभ्य रुपमा राजनीति गर्न उनले अनुरोध गरे । झापाको गिरिबन्धु टि स्टेटको जग्गा विवादमा सम्लग्नताको विषयमा पत्रकारले सोधेको जवाफमा अध्यक्ष ओलीले सभ्य राजनीति गर्न अनुरोध गरे ।  

अध्यक्ष ओलीले अहिलेको गठबन्धन भत्काउन धेरै प्रयास भइरहेको भन्दै कुनै पनि हालतमा नभत्कने बताए । उनले भने, “गठबन्धन भत्कदैन, अर्को गठबन्धन बनाउँदैमा कायापलट हुने होइन । त्यस्तो कसैले नचिताए हुन्छ । आउने निर्वाचनसम्म यो गठबन्धन जान्छ ।”

प्रतिक्रिया दिनुहोस्