टर्कीमा सैन्य विमान दुर्घटना : दुई जनाको मृत्यु



सिन्ह्वा,जेठ २२ । टर्कीमा सैन्य तालिमका क्रममा विमान दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ ।  

मङ्गलबार मध्य टर्की प्रान्त केसेरीमा सैन्य तालिमका क्रममा भएको विमान दुर्घटनामा दुई सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ ।

वायुसेना कमाण्डको प्रशिक्षण विमान तालिम/परीक्षणको लागि केसेरीको १२ औँ एयर ट्रान्सपोर्टेसन मेन बेस कमाण्डबाट उडेको थियो । अज्ञात कारणले दुर्घटनामा परेको बताइएको छ । स्थानीय गभर्नरका अनुसार विमान कासेरी प्रान्तको कोकासिनान जिल्लाको हसन अर्पा छिमेकमा दुर्घटनाग्रस्त भएको थियो ।

सिन्ह्वाको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्