कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया ९ दिनपछि रिहा



काठमाडौं,जेठ १७ । नागरिकता दुरुपयोग प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हाजिरी जमानीमा रिहा भएका छन् । 

जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।

अध्यक्ष सिरोहियाका वकिल रमन कर्णले सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृतिमा ललितपुर प्रहरीले सिरोहियालाई रिहा गरेको जानकारी दिए । उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको छ ।

अध्यक्ष सिरोहियालाई यही जेठ ८ गते काठमाडौं थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै धनुषा लगेको थियो । 

प्रतिक्रिया दिनुहोस्