किलोमा १३ रुपैयाँले घट्यो प्याजको मूल्य
काठमाडौं,जेठ १७ । कालिमाटी फलफूल तथा तरकारी बजारमा सुकेको प्याजको मूल्य एकसातामा १३ रुपैयाँले घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत बुधवार प्रतिकिलो औसत ८१ रुपैयाँमा विक्रि भएको सुकेको प्याज आज १६ प्रतिशतले घटेर प्रतिकिलो ६८ रुपैयाँमा विक्रि भइरहेको छ ।
त्यसैगरी, सुकेको प्याजको आगमन भने ८४ प्रतिशतले बढेको छ । गत बुधवार ६१ हजार ६७९ किलोग्राम सुकेको प्याज बजार भित्रिएको थियो भने बुधबार १ लाख १३ हजार ८०० किलोग्राम सुकेको प्याज बजार भित्रिएको छ ।