हाजिर जमानीमा प्रहरीले कैलाश सिरोहियालाई छोड्यो
काठमाडौं,जेठ १६ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको बताएका छन् ।
सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको थियोे ।