कर्मचारीको तलब बढेन



काठमाडौं,जेठ १५ । सरकारले कर्मचारीको तलब यथावत राखेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा कर्मचारी तलब वृद्धिको विषय उल्लेख गरेनन् । तर, कर्मचारीहरुले पनि तलब वृद्धिको अपेक्षा गरेका थिए ।

यद्यपि, सङ्घीय निजामती सेवा कानून यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन गरिने उनले जानकारी गराए । राष्ट्रसेवक कर्मचारीको मनोवल बढाउन, काममा उत्प्रेरित गराउन, सेवा सुरक्षा, संरक्षण र अनुमानयोग्य सरुवा बढुवा प्रणाली सुनिश्चित गरिने अर्थमन्त्री पुनले जानकारी गराए ।

हाल मुख्य सचिवको तलब ७७ हजार २११ रुपैयाँ, सचिवको ७२ हजार ८२ रुपैयाँ छ । यस्तै, सहसचिवले ५६ हजार ७८७ रुपैयाँ र उपसचिवले ४८ हजार ७३७ रुपैयाँ मासिक रुपमा तलब बुझ्दै आएका छन् । यता, शाखा अधिकृतले ४३ हजार ६८९ रुपैयाँ, नायव सुव्वाले ३४ हजार ७३० रुपैयाँ र खरदारले मासिक ३२ हजार ९०२ रुपैयाँ आएका छन् । तर, आगामी आर्थिक वर्षमा पनि कर्मचारीहरुको यथावत राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्