यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
काठमाडौं,जेठ १५ । सरकारले आगामी आर्थिक वर्षका लगि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । यसमा चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ र पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यस्तै, वित्तीय व्यवस्थापतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ रहेको पुनले जानकारी गराए ।
यस्तै, प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ छ । आगामी आर्थिक वर्षमा सरकारले राजश्व १२ खर्ब ६० अर्ब ३० करोड उठाउनले लक्ष्य लिएको छ । यस्तै, आन्तरिक ऋण ३ खर्ब ३० अर्ब, वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड र वेदेशिक अनुदान ५२ अर्ब ३३ करोड रहेको छ ।
यस्तो छ आगामी आर्थिक वर्षको बजेटको (पूर्णपाठ)