टुँडिखेल सैनिकमञ्चमा गणतन्त्र दिवसको रौनक



काठमाडौं,जेठ १५ । काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरी १७औँ गणतन्त्र दिवस मनाइएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । मंगलबार कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्