नाराबाजीका बीच अर्थमन्त्री पुनले पेश गरे आर्थिक सर्वेक्षण



काठमाडौं,जेठ १३ । प्रतिनिधिसभामा अर्थमन्त्री वर्षामान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थितिको समिक्षा प्रतिवेदन २०८१ पेश गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।

उनले आर्थिक सर्वेक्षण पेस गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान प्रस्तुत गरेका छन् । उनले निर्माण क्षेत्र सिथिल भए पनि कृषि र सेवा क्षेत्रमा भएको सुधारले ३.९ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान सार्वजनिक गरेका हुन् । 

उनलाई कांग्रेसका संसदले रोष्टममा जान अवरोध गरेपछि सत्तापक्षका सांसदहरु र मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्