दुई दिनमै ३ हजार ६०० रुपैयाँले सस्तियो सुनको भाउ
काठमाडौं,जेठ ११ । सुनको मूल्य आज पनि भारी गिरावट आएको छ । छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको हो ।
अघिल्लो दिन पनि पनि १ हजार ८०० रुपैयाँले नै घटेर १ लाख ३८ हजार ७०० रुपैयाँ कायम भएको थियो । दुई दिनमै सुनको भाउ ३ हजार ६०० रुपैयाँले घटेको छ ।
शुक्रबारका लागि छापावाला सुनको भाउ १ लाख ३६ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख ३६ हजार २५० रुपैयाँ निर्धारण भएको छ ।
साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ८५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी १ हजार ८६५ रुपैयाँमा किनबेच भएको थियो ।