आगमन बढ्दा घट्यो त‍ीतो करेलाको मूल्य



काठमाडौं,जेठ ५ । कालीमाटी बजारमा तीतो करेलाको मूल्य किलोमा ८ रुपैयाँले घटेको छ ।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीवार प्रतिकिलो ५४ रुपैयाँ औसत तोकिएको तीतो करेला शुक्रबार १४ प्रतिशतले घटेर प्रतिकिलो ४६ रुपैयाँमा विक्री भइरहेको छ । 

त्यसैगरी, शुक्रबार  तीतो करेलाको आगमन भने ८१ प्रतिशतले बढेको छ । बिहीवार १३ हजार ८८० किलोग्राम तीतो करेलाको बजार भित्रिएकोमा शुक्रबार २५ हजार २१५ किलोग्राम बजार भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्