वैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने
धनुषा,बैशाख ७ । सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सरकारले सातवटा जिल्लामा सञ्चालन गर्ने भनिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यही वैशाख १६ गतेदेखि सुरु हुने भएको हो।
हात्तीपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ।