पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं,बैशाख ६ । आज बिहिबार पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए। । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ३२ लाख र जुकाको औषधी २९ लाख बालबालिकालाई खुवाउने लक्ष्य छ ।
भिटामिन ‘ए’ कार्यक्रमका लागि ५५ हजार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहने छ।