सुनको भाउले बनायो फेरि कीर्तिमानी उचाई, प्रतितोला कति पुग्यो ?
काठमाडौं,बैशाख ४ । सुनको भाउ फेरि महँगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर कीर्तिमानी उचाई बनाएको हो ।
अघिल्लो दिन अर्थात् सोमबार १ लाख ३७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएकाले नेपाली बजार प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।
साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि सुनको कारोबार मूल्य १ हजार ७५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।