घिरौलाको मूल्य बढ्यो
काठमाडौं,बैशाख १ । आगमन घट्दा एकैदिन घिरौलाको मूल्य ९ रुपैयाँले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिन प्रतिकिलो ८६ रुपैयाँ औसत मूल्य रहेको घिरौला आज प्रतिकिलो ९५ रुपैयाँ औसत मूल्य कायम भएको छ ।
त्यसैगरी, शुक्रबार घिरौलाको आगमन भने घटेको समितिले जनाएको छ । शुक्रबार १५ हजार ७३४ किलोग्राम घिरौला बजार भित्रिएको थियो भने शनिबार ६ हजार ७०० किलोग्राम घिरौला बजार भित्रिएको छ ।