रातो मूलाको मूल्य वृद्धि
काठमाडौं,फागुन २९ । कालीमाटी बजारमा एक महीनामा ३५९ प्रतिशतले रातो मूलाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत माघ २८ मा प्रतिकिलो औसत १२ रुपैयाँमा विक्री भएको रातो मूला सोमबार ४४ रुपैयाँले बढेर ५६ रुपैयाँमा पुगेको छ ।
यस्तै, बजारमा सेतो मूलाको मूल्य पनि ६९ प्रतिशतले बढेको छ । गत माघ २८ मा १७ रुपैयाँमा विक्रि भएको सेतो मूला सोमबार ३० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
समितिका अनुसार बजारमा मूलाको आगमन पनि २३ प्रतिशतले बढेको छ । अघिल्लो महीनामा ११ हजार ७०० किलोग्राम मूला बजार भित्रिएको थियो भने सोमबार १४ हजार ५०० किलोग्राम मूला बजार भित्रिएको छ ।