हालसम्मकै महँगो बन्यो सुन, प्रतितोला कति पुग्यो ?
काठमाडौं,फागुन २७ । सुनको भाउ फेरि कीर्तिमानी उचाईमा पुगेको छ । साताको पहिलो कारोबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
आइतबार सुनको भाउ १ लाख २६ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख २५ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, तेजावी सुनको भाउ पनि १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने १ लाख २४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यता, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । गत शुक्रबार १ हजार ४७० रुपैयाँमा किनबेच भएको चाँदी आज बढेको हो । आजका लागि १ हजार ४७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।