प्रतितोला ६०० रुपैयाँले महँगियो सुन, चाँदीको पनि बढ्यो भाउ, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,फागुन १८ । साताको अन्तिम कारोबार दिन सुनको भाउ महँगिएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँ महँगिएको हो ।

बिहीबार १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्