कैलालीका किसानले पनि सडकमै दुध पोखेर गरे विरोध
कैलाली,फागुन १८ । कैलालीका किसानले पनि सडकमै दुध पोखेर विरोध गरेका छन् ।
कैलालीको अत्तरियामा दूधको भुक्तानी नपाएको भन्दै बिहीवार सडकमा दूध पोखेर स्थानीयले विरोध गरेका हुन् ।
दुग्ध वितरण आयोजना अत्तरिया कैलालीले किसानको रु चार करोड ६४ लाख दुई हजार ४७३ भुक्तानी दिन बाँकी रहेको जनाएको छ ।
दूधको भुक्तानी नपाएको र खरीद मूल्य नतोकिएको भन्दै देशभरका किसान आन्दोलनमा छन् भैरहेका बेला कैलालीका किसान पनि आन्दोलित भएका हुन।
गत मंगलवार ललितपुरका किसानले पनि सडकमा दूध पोखेर विरोध जनाएका थिए ।