जिराको मूल्य घट्यो
काठमाडौं,फागुन १७ । जिराको मूल्य घटेको छ । मसलाका रूपमा प्रयोग हुने जिराको भाउ घटेको हो ।
गएको असोजमा प्रतिकेजी एक हजार तीन सय रुपियाँ प्रतिकेजी दाना जिरामा पाँच सय रुपियाँ घटेर आठ सय रुपियाँ प्रतिकेजीमा कारोबार भएको हो ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको असोज र कात्तिकको तुलनामा फागुन १५ को मूल्यसूची तुलना गरेर हेर्दा जिराको भाउ घटेको देखिएको छ ।
सो अवधिमा प्रतिकेजी एक हजार चार सय रुपियाँमा पाइने जिराको धुलो अहिले प्रतिकेजीमा चार सय रुपियाँ घटेर एक हजारमा कारोबार भएको सङ्घले जनाएको छ ।