जितको मुखमा पुगेको नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित



काठमाडौं,फागुन १६ । नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा जितको नजिक पुगेको नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ ।

अन्तिम तीन बलमा चार रन चाहिएको अवस्थामा दीपेन्द्रसिंह ऐरी आउट भएपछि नेपाल अभागी बनेको थियो । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा मङ्गलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

बलिङमा नेदरल्यान्ड्सका रोलोफ भान डेर मार्वे र साइब्रान्ड एङ्गेलब्रेख्तले दुई दुई विकेट लिए । भिभियन किंगमा र आर्यन दत्तले एक एक विकेट झारे । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । नेदरल्यान्ड्का लागि अन्तर्राष्ट्रिय टी–२० मा डेब्यू गर्नुभएका माइकल लेभिटले अर्धशतकीय रन बनाए । उनले ५४ रन जोडेका हुन् ।

यस्तै साइब्रान्ड एङ्गेलब्रेख्तले अविजित ४९, कप्तान स्कट इड्वार्डसले ३३ र तेजा निदामानुरुले ३१ रन बनाए । बलिङमा नेपालका करण केसी र कुशल मल्लले एक एक विकेट लिए । नेपालले सिरिजको तेस्रो खेल शुक्रबार नामिबियासँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्