तथ्यांकोवाच: बागमती प्रदेशको वित्तीय तथा बीमा सेवा क्षेत्रको गार्हस्थ्य उत्पादन रू. २०८ अर्ब ४८ करोड
काठमाडौं,फागुन ३ । आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा सेवा क्षेत्रको योगदान रू. २०८ अर्ब ४८ करोड रहेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. १३१ अर्ब ७५ करोड बराबर रहेको थियो ।
बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा सेवा क्षेत्रको अंश १० दशमलव ५७ प्रतिशत रहेको छ ।