डलर साट्ने नाममा १३ लाख चोरी



मकवानपुर,माघ १९ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा ५ र थाहा नगरपालिका वडा ९ को सिमानामा पर्ने सानोपोखरी डाँडाबाट एक व्यक्तिले डलर साट्ने नाममा सिजलबहादुर सुनारबाट रकम लिएर दुई जना फरार भएका छन्।

पर्वत जिल्लाको महाशिला गाउँपालिका २ घर भएर हाल गोरखा जिल्लाको आरुघाट गाउँपालिका ४ आरुघाट बस्ने २७ वर्षीय सुनारबाट पहिचान नखुलेको दुई जनाले १३ लाख ५० हजार रुपियाँ लिएर फरार भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।

नामथर नखुलेका कालो टोपी, सेतो ट्राउजर, कालो ज्याकेट, रातो कलरको स्पोर्ट जुत्ता, वर्ष २६/२७ को गुरुङ तामाङ जस्तो देखिने र अर्का कालो ज्याकेट, कालो ब्याक बोकेको, कालो ट्राउजर लगाएको २१/२२ वर्षको जस्तो देखिने हुलिया भएका व्यक्तिहरुले डलर साट्ने बाहनामा नगद रकम लिएर फरार भएका थिए।

प्रहरीका अनुसार रकम चोरी गरी फरार रहेका ती व्यक्तिहरुले बिगत एक महिना अगाडि आएर सुनारलाई भेटघाट गरेको र चोरीमा संलग्नको खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्