आगमन ३१ प्रतिशत घट्दा च्याउको मूल्य २३ प्रतिशत बढ्यो



काठमाडौं,माघ १५। पछिल्लो एक सातामा च्याउको आगमन ३१ प्रतिशतले घटेको छ । आगमन घट्दा च्याउको मूल्य भने बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार गत आइतवार १ हजार ३०० किलोग्राम च्याउ कालीमाटी बजार भित्रिएको थियो भने आइतवार ८९० किलोग्राम च्याउ बजार भित्रिएको छ ।

त्यसैगरी एक सातामा कन्य च्याउको मूल्य २३ प्रतिशतले र डल्ले च्याउको मूल्य १४ प्रतिशतले बढेको छ । गत साता कन्य च्याउ प्रतिकिलो ११३ रुपैयाँमा विक्री भएको थियो भने आज किलोको १६५ रुपैयाँ पुगेको छ । गत साता किलोको ३२६ रुपैयाँमा विक्री भएको डल्ले च्याउको मूल्य आज किलोको ३७५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्