नुवाकोट थान्सिङका बालबालिकालाई समाजसेवी सुशील खड्काले दिए न्यानो कपडा



नुवाकोट,पुस २५ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङ, भट्टथोकमा अवस्थित सिद्दिगणेश आधारभूत विद्यालयका बालबालिकालाई समाजसेवी सुशीलकुमार खड्काले न्यानो कपडा प्रदान गरेका छन् ।

बुधबार विद्यालय प्राङ्गणमा भएको एक कार्यक्रम बीच समाजसेवी खड्काले विद्यालयमा अध्ययनरत ६५ जना बालबालिकालाई न्यानो कपडा स्वेटर वितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै समाजसेवी खड्काले बालबालिकामा सर्वप्रथम आचरण र संस्कारको विकास गर्नुपर्ने बताए । पछिल्लो समय देशको दयनीय राजनैतिक अवस्था र युवाजगतको वैदेशिक मोह त्यागका लागि विद्यालय तहबाटै नव आचरणको बिकास हुनुपर्ने बताए ।

कार्यक्रममा चर्चित रेस्लर नुवाकोटे टाइगर (कमल लामा), शिवपुरीका समाजसेवी जितेन्द्र बिष्ट, रेस्लर प्रदीप पाण्डे ( साइन), अर्का समाजसेवी उमा थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम डङोल, विद्यालयकी प्रधानाध्यापक कमला प्याकुरेल, अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियोे । सहभागी टीमले आगामी दिनमा विद्यालयलाई प्रविधिमैत्री बनाउन आवस्यक सामग्री समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । समाजसेवी खड्काको टीमले बुधबार नै शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको सुन्दरा आधारभूत विद्यालयका बालबालिकालाई पोशाक वितरण गरेको छ ।

कार्यक्रमका केहि झलकहरु:

प्रतिक्रिया दिनुहोस्