सुनचाँदीको मूल्य घट्यो



काठमाडौं,पुस २५ । नेपाली बजारमा सुनको मूल्य बुधबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

 बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि मंगलबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्