एक महीनामा २४ प्रतिशतले घट्यो आलुको भाउ, किलोको कति ?



काठमाडौं,पुस २० । पछिल्लो एक महीनामा रातो आलुको मूल्य २४ प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनामा रातो आलुको मूल्य २४ प्रतिशतले र रातो आलु भारतीय मूल्य २० प्रतिशतले घटेको छ ।

समितिका अनुसार एक महीनाअघि रातो आलुको औसत मूल्य प्रतिकिलो ४७ रुपैयाँ रहेकोमा बिहीबार किलोको ३६ रुपैयाँमा झरेको छ । त्यसैगरी, रातो आलु भारतीय एक महीनामा किलोको ३९ रुपैयाँबाट ३१ रुपैयाँमा झरेको छ ।

एक महीनामा आलुको आगमन भने घटेको छ । एक महीनाअघि कालीमाटी बजारमा १ लाख ४८ हजार १८० किलोग्राम आलु भित्रिँदा आज ८ प्रतिशतले आगमन घटेर १ लाख ३५ हजार ६९० किलोग्राम झरेको छ ।

प्रतिक्रिया दिनुहोस्