नेपाल-भारत विद्युत व्यापारकाे बाटो खुल्याे, भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने
काठमाडौं,पुस १९ । भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत नेपालबाट किन्ने भएको छ । नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत भारत लैजाने विषयमा बिहीबार सम्झौतामा पत्रमा हस्ताक्षर भएको हो ।
भारतीय विदेश मन्त्री डा. एस जयशंकरको बिहीबार नेपाल भ्रमणमा आएका छन्। सोही क्रममा आज उर्जा, जलस्रोत, तथा सिँचाई मन्त्रालयमा १० वर्षमा १० हजार मेगावाट लैजाने गरि नेपाल र भारतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपालका ऊर्जा सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका छन् । उर्जा मन्त्री शक्ति बस्नेतको उपस्थितिमा सम्झौता पत्रमा अन्तिम हस्ताक्षर गरिएको हो ।
गत ज्येष्ठ तेस्रो साता सम्पन्न प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भारत भ्रमणमा द्विपक्षीय दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी समझदारी भएको थियो । बिहीबार अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । यो सम्झौता पछि नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार गर्न बाटो खुला भएको छ। अहिले नेपाल र भारतबिच अल्पकालीन विद्युत् व्यापार भइरहेको छ ।