विदुरको इन्द्रायणी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण



नुवाकोट,पुस १६ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ मा रहेको इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच विदुर नगरपालिका-१ का वडा सदस्य भगवती राजभण्डारीले विद्यालयका प्रधानाध्यापक रिताकुमारी बर्तौलालाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् ।

उक्त पोशाक काठमाडौं तारकेश्वर नगरपालिका-२ निवासी दम्पत्ति सुजनकुमार डोटेल र आशिष्मा थपलिया डोटेल र विदुर नगरपालिका वडा नं १ निवासी हाल अष्ट्रेलिया आकृति थपलियाले विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई ट्रयाकसुट उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक बर्तौलाले जानकारी दिईन् ।विद्यार्थीहरूलाई जाडोयाममा न्यानो बनाउन र अध्ययनप्रति जागरुक बनाउनका लागि विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको समाजसेवी डोटेलले बताए।

कार्यक्रममा १ नम्बर वडाका वडा सचिव विष्णु गजुरेल, विद्यालय व्यवस्थापन समिति सदस्य रामप्रसाद पाठक, बैकुण्ठ पाण्डे, कल्पना मिजार स्थानीय बुद्धिजिवि समाजसेवी शंकर पाण्डेलगायत उपस्थिति रहेको थियो । जाडाेकाे समयमा विद्यालयको लोगो अङ्कित विद्यालय पोशाक पाएपछि विद्यार्थीहरू खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्