दुप्चेश्वर बालकल्याणका बालबालिकालाई समाजसेवी खड्काले दिए न्यानो कपडा
नुवाकोट,पुस १४ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको बालकल्याण आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
स्थानीय समाजसेवी तथा राजनीतिकर्मी सुशील खड्काको सहयोगमा शुक्रबार न्यानो कपडा वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत ४७ जना बालबालिकालाई न्यानो कपडा जकिट वितरण गरिएको समाजसेवी खड्काका टीमका कमल लामा (नुवाकोटे टाइगर) ले जानकारी दिए ।समाजसेवी खड्काले पछिल्लो समय जिल्लाका विभिन्न विद्यालयका बालबालिकालाई कपडा वितरण गरिदै आएको छ ।