सरकारले तोक्यो उखुको मूल्य, प्रति क्वीन्टल कति ?
काठमाडौँ,पुस ४ । सरकारले उखुको खरिद मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गरेको हो ।
यो सँगै अब उद्योगहरुले उखु किसानहरुलाई प्रति क्वीन्टल पाँच सय ६५ दिनु पर्ने भएको छ । त्यसमा सरकारले प्रति क्वीन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको छ । यो सँगै उखुको खरिद मूल्य अनुदानसहित प्रति क्वीन्टल छ सय ३५ रुपैयाँ तोकिएको हो ।
गत वर्ष पनि सरकारले उखु किसानहरुलाई प्रति क्वीन्टल ७० रुपैयाँनै अनुदान उपलब्ध गराएको थियो ।