एमाले सरकारमा जान हडबडाएको छैन, अहिलेको गठबन्धनलाई तोडेर बहुमतको सरकार बनाउँछ: अध्यक्ष ओली



काठमाडौं,मंसिर २९ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ग्रामिण जनताको समस्या पहिल्याउन मध्यपहाडी यात्रा गरेको बताए । तेह्रथुमको म्यालुङमा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘आन्दोलन भनेको कालो झण्डा देखाएर, हिंसात्कम आन्दोलन गरेर समस्याको समाधान हुँदैन । लोकतान्त्रिक विधिबाट माग पुरा गर्नुपर्छ ।’

अहिले नेकपा एमाले सरकारमा जान नहडबडाएको उनको भनाई छ । सोही अवसरमा जनता एमालेको पक्षमा लागेपछि नै अनेक तिकडम गरे सरकारबाट हटाएको ओलीले जिकिर गरे । उनले भने,‘अहिले एमाले सरकारमा छैन, जनता एमालेको पक्षमा लागेपछि अनेक तिकडम गरेर एमालेलाई सरकारबाट हटाउने काम भयो ।’

यद्यपि, एमाले जनताको अभिमतबाट अहिलेको गठबन्धनलाई तोडेर बहुमतको सरकार बनाउने ओलीले दावी गरे । ‘एमाले सरकारमा जान हडबडाएको छैन । समृद्ध नेपाल शुखि नेपालीको नारा पुरा गर्न एउटा चुनावमा हार्दैमा जनताको भविष्यको निर्काेल हुँदैन । जनताको अभिमतबाट अहिलेको गठबन्धनलाई तोडेर बहुमतको सरकार एमालेले बनाउँछ’उनले भने,‘एमाले समृद्धिको यात्रामा तगारो हाल्न अरू किन आउने? ग्रामिण जनताका समस्या पहिल्याउन एमाले मध्यपहाडी यात्रा गरेको । नेकपा एमालेमाथी जनताको भरोसा छ भन्ने हामीले पायौं ।’

सोही अवसरमा पहिचानबादीहरूले आफ्नो भविष्य विगारेको ओलीको भनाई छ । यद्यपि, भावनात्मक आवेगलाई त्यागेर शान्तिपुर्ण छलफलमा सहभागी हुन उनले आग्रह समेत गरे । उनले भने, ‘एमाले आफ्नो यात्रामा हिडेका छौं । सल्लाको रूख काटेर बाटो रोक्ने काम बन्द गर्नुहोस । सल्लाको रूखले अवरोध गरेर समृद्धिमा धक्का लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्