एमालेका सांसद लक्ष्मी कोइली महतोलाई सफाई
काठमाडौँ,मंसिर २८ । नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् ।
थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका महतोलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने आदेश सुनाएको हो ।
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।