बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारण सभा पुस २० मा, हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेस हुने
काठमाडौं,मंसिर २८ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ ।
मङ्सिर २७ गते बसेको सञ्चालक समितिको बैठकले अम्रपाली ब्यांक्वेट, थिरबम भाटभटेनी, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको हो ।
सभाले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ । साथै हाल कायम रहेको पूँजीको संरचना संशोधन गर्ने तथा अख्तियारीसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
त्यस्तै सभाले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।