करेन्ट लागेर एकको मृत्यु
गौर,मंसिर २३ । नेपाल विद्युत प्राधिकरणको तार चुँडेर करेन्ट लागेर शनिवार दिउँसो माधवनारायण नगरपालिका –७ लौकहामा एक जनाको मृत्यु भएको छ ।
विद्युतको एघार हजार करेन्ट भएको तार चुँडी खेत जोतिरहेको हलोमा खसेपछि स्थानीय ५० वर्षीय बैजु पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
करेन्ट लागेर पण्डितसहित एउटा गोरु पनि मरेको रौतहट प्रहरी कार्यालयले जनाएको छ ।