तारागाउँ रिजेन्सीको सेयर कारोबार रोक्का, यस्तो छ कारण
काठमाडौँ,मंसिर १८ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । लाभांश घोषणा सम्बन्धि जानकारी समयमा नै नदिएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रोक्का गरेको हो ।
कम्पनीको मंसिर १६ गते बसेको बैठकले सेयरधनीहरुलाई यो वर्ष १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सो सम्बन्धि जानकारी मंसिर १७ गते अर्थात आइतबार बेलुका ५ः१५ बजे मात्र नेप्सेलाई दिएको थियो ।
नेप्सेले कम्पनीलाई ३ कार्यदिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।